काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले करिब साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यसअघि गत असार ३० गतेदेखि ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसर्थ उक्त सेयर खरिदका लागि सर्वसाधारण व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सेयर खरिदको लागि सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्