जलेर ध्वस्त भए सरकारी संरचना, घर बाहिर ननिस्कन आग्रह गर्दै सेना सडकमा


काठमाडाैँ । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरू राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पतीहरू जलेर ध्वस्त भएका छन् ।

सडकको बिच बिचमा सवारी साधनहरु जलाएर छोडेको देख्न सकिन्छ । प्रदर्शनकारीहरुले गरेको आगजनी र तोडफोडबाट काठमाडौँका सरकारी निकायहरु ध्वस्त भएका छन् ।

सडकमा ढुंगा, इँट्टा, सिसाका टुक्राहरू यत्रतत्र देख्न सकिन्छ । सडकमा सैनिकले कफ्र्यु लागेको भन्दै मानिसहरूलाई घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ भने खुलेका होटल चिया पसलहरू बन्द गराउन लगाएको छ ।