पोखरामा जलेको घरमा मृत फेला परेकी युवती दोलखाकी


काठमाडौं । पोखरामा प्रदर्शनकारीले आगजनी गरेको घरभित्र मृत अवस्थामा भेटिएकी युवती दोलखाकी भएको पुष्टि भएको छ।

दोलखा वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी २७ वर्षीया स्वस्थानी खड्का रहेको बताइएको छ ।

कामको सिलसिलामा उनी पोखरा आएकी थिइन् । उनको शव बुझ्न भिनाजु र भाइ पोखरा आएका छन् ।

पोखरा लेकसाइडस्थित अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा खड्काको ज्यान गएको हो। जलेको अवस्थामा बुधबार उनको शव बरामद गरिएको प्रहरीले जनाएको छ।