काठमाडाैं । देशभरीका सबै प्रदेशबाट भागेका कैदीबन्दी र बालबन्दीलाइ नियन्त्रण लिन क्रम नेपाली सेनाले जारी राखेकाे छ । सेनाले दिएकाे पछिल्लाे जानकारी अनुसार देशका विभिन्न जिल्लाबाट थप ४३ कैदीबन्दी र १९ बालबन्दीलाइ सेनाले नियन्त्रणमा लिएकाे छ ।
नेपाली सेनाका अनुसार सुन्धरा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु र धादिङ्ग स्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरुलाइ सेनाले नियन्त्रणमा लिएकाे छ ।
त्यसैगरी बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु र डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु सेनाकाे नियन्त्रणमा आएका छन् ।
बाँकेको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा एक जना कैदी घाइते भएकाे सेनाले जानकारी दिएकाे छ।
हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएकाे सेनाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्