पूर्वप्रधानन्यायाधीश कार्की आजै अन्तरिम प्रधानमन्त्री बन्दै, संसद विघटनको तयारी


काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आजै प्रधानमन्त्री बन्ने पक्का भएको छ।

शीतलनिवास स्रोतका अनुसार संसद विघटनको निर्णय भएपछि उनको पद तथा गोपनीयताको शपथ आजै गरिने तयारी भइरहेको छ।

उनको नेतृत्वमा गठन हुने मन्त्रिपरिषद्‌मा सुरुवाती चरणमा तीन जना मन्त्री सहभागी हुने र उनीहरूले पनि आजै शपथ लिने कार्यक्रम तय भएको छ।

हाल शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको मस्यौदा तयारी भइरहेकाे छ।