यस वर्ष दशैको लागि अग्रिम बुकिङ नखुल्ने


काठमाडौं । यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार यातायात व्यवसायी,यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबिच भएको छलफलले दशैको लागि अग्रिम बुकिङ नखुलाएने निर्णय गरेको बैठकमा सहभागी एक व्यवसायीले बताए ।

आन्दोलनपछि लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । जेनजी आन्दोलनको कारण विद्यालय बन्द हुँदा धेरै मानिसहरु घर जान थालिसकेकोले अग्रिम बुकिङ खुलाउन आवश्यक नदेखिएको विभागको भनाई छ ।

यातायात व्यवस्था कार्यालय र व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा घटस्थापना एक दुई दिन अघिदेखि टिकटको अग्रिम बुकिङ हुँदै आएको थियो ।