स्वास्थ्य मन्त्रालयको सफाई अभियानमा जुटे सहकारी पीडितहरू


काठमाडाैँ । जेनजी प्रदर्शनकारीहरूले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाई अभियानमा सहकारी पीडितहरू समेत सहभागी भएका छन् ।

शनिवार काठमाडौंको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरु सफाई अभियानमा जुटेका हुन् । सो मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरु पनि सफाई अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिए ।

सहकारी वचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा सहकारी पीडितहरु सफाई अभियानमा जुटेका हुन् । सरकारले आग्रह गरेपछि आफूहरू आफ्नो माग सम्बोधन हुने विश्वासका साथ सरकारलाई सहयोग पुग्नेगरी स्वयंसेवी काममा सहभागी भएको सहकारी पीडितहरूको भनाई छ । 

सहकारी पीडितहरूले  आफूहरूको बचत रकम फिर्ता दिन दबाबवस्वरुप आन्दोलन गर्दै आएका छन् ।