काठमाडाैँ । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरु आक्रोशित भएपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले हामी नेपालका संयोजक सुदन गुरुङमाथि समेत खनिएका थिए । घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेन—जी पुस्ताको नेता मान्न नसकिने समेत बताए ।
सुदन गुरुङको नाम लिएर होहल्ला गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस्