काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन प्रसाद परियारले प्यूठान, झिमरुक गाउँपालिका वडा नम्बर ५ निवासी विष्णु बहादुर वि.क.लाई आफ्नो स्वकीय सचिवालयमा कार्य सम्पादन गर्ने गरी स्वकीय उप–सचिव पदमा नियुक्ति गरेका छन् ।
मन्त्रालयबाट जारी नियुक्ति पत्रमा २०८२ असोज ६ गतेदेखि लागू हुने गरी उनलाई जिम्मेवारी दिइएको उल्लेख छ। नियुक्तिपत्रमा मन्त्री परियारले तोकिएका कार्य, दायित्व र जिम्मेवारी निष्ठा, दक्षता र जिम्मेवारीपूर्वक पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
विकको पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरू नेपाल सरकारका प्रचलित कानून तथा नियमावली अनुसार उपलब्ध हुने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्