काठमाडौँमा खसीबोका किनमेल जारी


काठमाडाैँ । चाडवाडको समयमा मासु अरू बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौँसहित अन्य सहरी क्षेत्रमा गाउँबाट आइ खसी, बोका, च्याङ्ग्रा र भेडा बेच्नेहरूको संख्या धेरै छ ।

पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी,बोकाहरू काठमाडौँमा ल्याइएको छ । तर विगतको तुलनामा कम विक्री भएको खसी व्यपारीहरूले बताउँदै आएका छन् ।

विपद्का कारण सडक सञ्जालहरूमा क्षति हुँदा अवागमन असहज बनेको गुनासो उनीहरूको छ । काठमाडौँका भृकुटीमण्डप, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरू किन्ने क्रम अहिले जारी छ ।