काठमाडौँ । झापामा राँगा काट्ने तयारीका क्रममा ग्रेण्डर मेसिनले खुट्टा काटिँदा एक व्यक्तिको ज्यान गएको छ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए। सो क्रममा अचानक उनको बायाँ खुट्टा ग्रेण्डर मेसिनमा परेपछि गम्भीर रूपमा घाइते भएका थिए।
घाइते परियारलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज लगिएको भए पनि अत्यधिक रक्तश्रावका कारण गएराति उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस्