काठमाडाैं । पाकिस्तान र अफगानिस्तानले बुधवार दुई पक्षबीच युद्धविरामको घोषणा गर्न छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।
पाकिस्तानको विदेश कार्यालयले बुधवार दिएकाे जानकारी अनुसार अफगानिस्तान पक्षको अनुरोधमा, पाकिस्तान र अफगानिस्तान सीमा तनाव कम गर्न ४८ घण्टाको अस्थायी युद्धविराममा सहमत भएका हाे। यस अवधिमा दुवै पक्षले रचनात्मक वार्तामार्फत यो जटिल तर समाधान गर्न सकिने मुद्दाको सकारात्मक समाधान खोज्न इमान्दार प्रयास गर्नेछन् ।
अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोही दिन सामाजिक सञ्जालमा घोषणा अफगानिस्तान र पाकिस्तानबीच युद्धविराम लागू गरिने घोषणा गरे । मुजाहिदले पाकिस्तानी पक्षको अनुरोध र जोडमा दुई देशबीच बुधवारदेखि युद्धविराम लागू हुने बताए । अफगान सरकारले आफ्ना सबै सेनालाई अर्को पक्षले कुनैपनि आक्रमण नगरेसम्म युद्धविराम पालना गर्न निर्देशन दिएको छ ।
दुई देशबीच सीमापार गोलीबारी भएको केही दिनपछि यो घोषणा आएको हो । सुरक्षा बलका स्रोतहरूकाअनुसार पाकिस्तानी सुरक्षा बलले मंगलवार बिहान अफगानिस्तानको कान्दाहार र काबुल प्रान्तका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्