रुग्ण आयोजनाको ठेक्का तोड्ने तयारीको विरोधमा निर्माण व्यवसायी महासंघ


काठमाडौँ । समय विकासे मन्त्रालहरुले रुग्ण आयोजनाको ठेक्का तोड्न सुरु गरेपछि नेपाल निर्माण व्यवसायी महासंघ विरोधमा उत्रेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने कदम सुन्नमा अत्यन्तै कर्णप्रिय भएपनि त्यसको परिणाम नहेरिएको तर्क गरेका छन् ।

अध्यक्ष सिंहले ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले समेत हेरेको छैन भन्दै चेतावनी दिएका छन् । रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै गर्दा सरकारले रुग्ण ठेक्काको कारण पहिचान गर्नुपर्ने उनको तर्क छ ।

ठेक्का अन्त्य गर्दा सरकारले कारण पहिचान गर्न जरुरी रहेको बताए । साथै त्यसको जिम्मेवार को हो ? कम्पनी कत्तिको जिम्मेवार छ भन्नेकुराको हेक्का राख्नुपर्ने सिंहको भनौइ छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष सिंहलले भनेका छन्,“सरकारले रुग्ण रहेका ठेक्का अन्त्य गर्दाखेरी सरकारले कारण पहिचान गर्नुप¥यो ।

कारण पहिचान गर्दैगर्दा रुग्ण ठेक्कालाई सो अवस्थामा पुर्‍याउन कोको जिम्मेवार छन्, पहिचान हुनुपर्‍यो । निर्माण कम्पनी कत्तिको जिम्मेवार छ, सरकारका कर्मचारी कत्तिको जिम्मेवार छन् र सरकार स्वयम कत्तिको जिम्मेवार छ ।”

सरकारले आफैँ आयोजनाहरूलाई रुग्ण बनाएको भन्दै सिंहले त्यस्तो कार्यगर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय सरकारले योजनाहरूमा सम्झौता गर्ने तर पर्याप्त बजेट नछुट्याउँदा आयोजनाहरू प्रभावित भइरहेको सिंहको दाबी छ ।

उनले भने,“हामीसँग गरेको साढे ६ खर्बका योजनाहरुको जुन सम्झौता छ, त्यो सम्झौताअनुसारको काम गर्नका लागि स्रोतको आधारहरु तयार भएका छैनन् । लामो समयदेखि हामीसँग जुन सम्झौता भएको थियो । ती योजनाहरूमा सरकारले सम्झौता गरेर आफ्नै कारणले ती योजनालाई रुग्ण बनाएको छ ।”