चितवन । नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ ।
तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम सुरु हुने भएपछि नारायणगढ–मुग्लिङ सडकखण्डमा आजदेखि अर्को सूचना नआएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सबै प्रकारका सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जोखिम टार्न यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।
सडक डिभिजन कार्यालय भरतपुरले ठूला ढुङ्गा हटाई स्लोप व्यवस्थापन गर्ने, ुनेलिङु प्रविधिमार्फत भिर बलियो बनाउने तथा ुहोरिजोन्टल ड्रेनु र बायोइन्जिनियरिङ प्रयोग गर्ने जनाएको छ। प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार कम्तीमा १५ दिन सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था छ।
काठमाडौँ–मुग्लिङ–आँबुखैरेनी–पोखरा सडकखण्ड भने सञ्चालनमा रहनेछ। प्रशासनले यात्रुलाई हुने असुविधाप्रति क्षमायाचना गर्दै यात्रा तालिका मिलाउन अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्