काठमाडौँ । हालै भाद्र २३ र २४ गतेका दिन भएका आन्दोलनका क्रममा तोडफोड र आगजनीको घटनाबाट हायात रिजेन्सी काठमाडौँमा ठूलो क्षति पुगेको होटल प्रशासनले जनाएको छ।
तोडफोडका कारण होटलको संरचनामा क्षति पुगेको र तत्काल सञ्चालन गर्न नसकिने अवस्थाका कारण मर्मत तथा पुनर्निर्माण कार्य सुरु गर्नुपर्ने अपरिहार्य भएको होटलले जानकारी दिएको हो।
होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनका अनुसार मर्मत तथा पुनर्निर्माण कार्यका क्रममा जोखिम र सुरक्षा संवेदनशीलता उच्च हुने भएकाले हाल होटलबाट प्रदान हुँदै आएको सम्पूर्ण व्यवसायिक सेवा स्थगित गरिएको छ।
“होटल पूर्ण रूपमा बन्द गरिएको छ। यस विषयमा होटलमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल भइसकेको छ। अर्को सूचना नआएसम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिन्छ,”सूचनामा भनिएको छ।
हायात रीजेन्सी काठमाडौँ (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) ले मर्मत तथा पुनर्निर्माण कार्य सकेपछि मात्र पुनः सेवा सञ्चालन गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्