काठमाडौँको सार्वजनिक जग्गा खालि गर्न ७ दिनको अल्टिमेटम


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाभित्र अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्न सात दिनको अल्टिमेटम दिएको छ । 

काठमाडौँ महानगर र काठमाडौँ उपत्यका विकास प्राधिकरणले (आज) शुक्रवार संयुक्त रूपमा सार्वजनिक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो । महानगर र प्राधिकरणले असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरितका संरचना खाली गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम आज सूचना जारी भएको हो । महानगर क्षेत्र भित्र र सीमाना जोडिएका जग्गा खाली र संरचना हटाउन सूचना जारी भएको हो ।

 महानगर क्षेत्र भित्र र सीमाना जोडिएका जग्गा खाली र संरचना हटाउन सूचना जारी भएको हो ।

काठमाडौँ महानगरपालिकाले यसअघि बागमती नदी किनारका सुकुम्बासी हटाउने प्रयास गरेको थियो ।

चौथर्फी विरोध र तनाव सिर्जना भएपछि महानगरपालिका पछि हटेको थियो । जेनजी आन्दोलनले नयाँ सरकार बनेपछि फेरि सुकुम्बासी हटाउने प्रयास भएको हो ।

काठमाडौँको मेयरमा बालेन शाह आएदेखि नै बगमती किनारको सुकुम्बासी हटाउने प्रयास गर्दै आएका छन् ।