बुद्धले कोलकातामा साताको चार दिन उडान गर्ने


काठमाडौं । निजी क्षेत्रकाे नेपालकाे सबैभन्दा ठूलाे वायुसेवा कम्पनी बुद्ध एयरले कोलकातामा थप उडान गर्ने भएकाे छ

बुद्ध एयरका अनुसार यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो ।

नयाँ उडान तालिका अनुसार बुद्धले कोलकातामा आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गर्ने भएकाे छ । बुध्द एयरले आउँदो १५ नोभेम्बरदेखि लागू हुने गरि सातामा चार दिन उडान गर्ने जानकारी दिएकाे छ ।