नेपाल पुनर्बिमा कम्पनीले बिमा कम्पनीलाई गर्‍यो झण्डै साढे २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी,कसले कति पाए ?


काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीले बिमा कम्पनीहरूलाई झण्डै साढे अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको छ ।

पुनर्बिमा कम्पनीले १४ ओटा बिमा कम्पनीलाई २ अर्ब ४७ करोड ७२ लाख ५० हजार ८ सय २३ रुपैयाँ भुक्तानी गरेको हो ।

जेनजी आन्दोलनमा भएको क्षतिको झण्डै २३ अर्ब रुपैयाँ विभिन्न बिमा कम्पनीहरूमा दाबी परेको थियो ।

कम्पनीहरूमा भएको दाबीमध्ये ६५ प्रतिशत भार पुनर्बिमा कम्पनीले ब्यहोर्छ । कम्पनीका सिइओ सुरेन्द्र थापाले विभिन्न बिमा कम्पनीहरूलाई साढे २ अर्ब रुपैयाँ बराबर अग्रिम भुक्तानी दिइसकेको जानकारी दिए ।

उनले भने,“सरकारको निर्णयअनुसार विभिन्न कम्पनीलाई अग्रम भुक्तानी गरेका छौँ । भुक्तानी प्रक्रियालाई हामी तीव्र अगाडि बढाउँछौँ ।”

कसले कति पाए ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १७ करोड ३३ लाख ८७ हजार १ सय ८४ रुपैयाँ, आइजिसी प्रुडेन्सियलले ४१ करोड ८८ लाख ८० हजार १ सय ६४ रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ करोड २ लाख ७९ हजार २ सय ३६ रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १० करोड २ लाख २ हजार ८ सय ७५ रुपैयाँ अग्रिम भुक्तानी लिएका छन् ।

यस्तै प्रभु इन्स्योरेन्सले ७६ लाख ५ हजार,सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ करोड २७ लाख ३७ हजार १ सय ७३ रुपैयाँ सानिमा जिआइसीले १५ करोड ६३ लाख ८६ हजार ५ सय १४ रुपैयाँ अग्रिम भुक्तानी लिएका छन् ।

यस्तै शिखर इन्स्योरेन्सले ३७ करोड ८२ लाख ८६ हजार ९६ रुपैयाँ, सिद्धार्थ प्रिमियरले ९८ करोड ५० लाख ८६ हजार १ सय ९ रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले पनि ९ करोड ४० हजार ४ सय ६७ रुपैयाँ अग्रिम भुक्तानी लिएका हुन् ।

जेनजी आन्दोलनपछि निर्जीवन बिमा कम्पनीहरूमा २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ कुल बिमा दाबी परेको छ ।

सरकारले व्यवसायीलाई सहज बनाउन अग्रीम भुक्तानी गर्न सक्ने निर्णय गरेको थियो । नेपाल पुनर्बिमा कम्पनीले पनि बिमा कम्पनीहरूलाई अग्रीम भुक्तानी गरेको हो ।