कृषि विकास बैंकले १३ प्रतिशत लाभांश घोषणा गर्‍यो


काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको सञ्चालक समितिको कात्तिक १९ गते बुधवार बेलुकी बसेको बैठकले उक्त निर्णय गरेको हो। बैंकले घोषणा गरेको लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको छ।

त्यसैगरी, नेपाल सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरिएको बैंकका कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिएका छन्।

बैंकले जनाएको छ कि घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।