विप्लव नेतृत्व नेकपाको काठमाडौँमा आज जनसभा


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज काठमाडौँमा प्रर्दशनसहित सभा गर्दै छ ।

पार्टीको गत असोज २६ देखि ३० गतेसम्म बसेको नवौँ केन्द्रीय समितिको तेस्रो विशेष बैठकले जनसंघर्ष गर्ने निर्णयअनुसार नेकपाले आज काठमाडौँमा जनसभा गर्न लागेको हो ।

नेकपा सर्वपक्षीय अन्तरिम सरकार गठन, भ्रष्टाचारको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन लगायतका विषयलाई लएर संघर्षमा छ । कार्तिक १५ गतेदेखि जनसंघर्षको कार्यक्रम गरिरहेको नेकपाले आज जनसभा गर्न लागेको हो ।

दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले सम्बोधन गर्दैछन् । सभाअघि नेकपाले विभिन्न ठाउँबाट र्‍याली निकाल्दै छ ।