काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायतका दल मिल्ने निर्णय हुँदा जनार्दन शर्मा बाहिरिने निर्णय गरे ।
माओवादी केन्द्रको उपमहासचिवसमेत रहेका शर्माले एकीकरणमा समावेश नहुने मुख्य कारण बनाएका थिए मागर्दशक सिद्धान्तमा ‘माओवाद’ छुट्यो ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिल्दा मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद मान्ने भन्ने थियो र माओवाद छोड्ने निर्णय भएको थियो ।
जनार्दन प्रचण्डसँग सन्तुष्ट थिएनन् भन्ने त विगतदेखि नै सार्वजनिक रुपमै देखिदै आएको थियो ।
माओवादी केन्द्रमा बहस हुँदै गर्दा शर्मा नयाँ पार्टी गठनको मनस्थितिमा पुगिसकेका थिए । यद्यपी पार्टी बनाएरै जानेबारे केही दोधारमा भने देखिन्थे ।
शर्मा अन्तिमसम्म पनि माओवादी केन्द्रमै सुधारको प्रयासमा थिए । उनी माओवादी केन्द्रमै रहने वा नयाँ केही बाद/विचारधारा टेक्ने भन्ने विषयमा छलफलमा भने थिए ।
स्रोतहरूका अनुसार पछिल्ला बैठकहरूमा पार्टीभित्र आफ्ना कुराको सुनुवाई नभएपछि उनी नयाँ उपायको खोजीमा थिए ।
शर्मा आफै मन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका र लोडसेडिङ हटाएपछि निरन्तर चर्चामा रहेका कुलमान घिसिङलाई पनि नजिक राख्न खोजिरहेका थिए । पार्टी बनाउनै पर्ने अवस्थामा घिसिङलाई साथमा लिने मनस्थितिमा थिए उनी ।
कुलमानसँग बिच्किएपछिको बाटो
जनार्दन पार्टीभित्र बहसमा पनि थिए, नयाँ पार्टीबारे पनि सोंच्दै गरेका बेला जनेजी विद्रोह भयो ।
विद्रोहपछि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्री बनेर आए । कर्मचारी पृष्ठभूमिबाट अलि राजनीतिक चलाखी भएका कुलमान मन्त्री बनेर आएपछि जनार्दनलाई बेवास्ता गर्न छोडिदिए ।
मन्त्री बनेपछि जनार्दनको फोन उठाउन छोडिदिए ।
पार्टीबाट अलग हुने अवस्था सिर्जना भएपछि जनार्दनले कुलमान खोजे तर कुलमान पूर्वमन्त्री समुना श्रेष्ठहरूसँग छलफलमा बसे भने राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समर्थनको खोजीमा व्यवस्त रहे ।
यतिमात्रै होइन उनलाई रबि लामिछानेको ठाउँमा रास्वपाको सभापतिको रुपमा पनि चर्चा गरियो ।
शर्मालाई कुलमानले वेवास्था गरेकै बेला कात्तिक २० गते पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयले जनार्दन शर्मा, रास्वापाका कार्यवाहक सभापति डिपी अर्यालसहितको टोलीबिच छलफलको फोटो सार्वजनिक गर्यो ।
सचिवालयले सार्वजनिक गरे जानकारीअनुसार बैकल्पिक शक्ति एकताका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराईले मध्यस्ततामा भनिएको छ ।
अब कता ?
स्रोतका अनुसार आफ्नै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठसँग राजनीतिक छलफलमा रहेको थाहा पाएपछि रास्वपाका नेताहरू कुलमानसँग झस्किएका छन् ।
यतिमात्रै होइन नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका बेला भ्रष्टाचार गरेको भन्दै कुलमानविरुद्ध झण्डै २ हजार करोड रुपैयाँको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा भएको सूचनाले रास्वपा र जेनजीको एउटा समूह कुलमानसँग झस्किएको छ ।
यही मौकामा रास्वपासँगको छलफलमा जनार्दन पुगेका छन् । छलफलपछि रास्वपाका प्रवक्ता मनिस झाले भट्टराई र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएको बताएका छन् ।
रास्वपाको नेतृत्वबारे छलफल चलिरहँदा बाबुराम भट्टराई कार्यकारी पदमा बस्ने मनस्थितिमा छैनन् । उनी निकट स्रोतका अनुसार डा. भट्टराई रास्वपासँग सहमति भए सेरेमोनियल पदमा बस्न तयार छन् ।
जनार्दन भने नेतृत्व लिन नै तयार छन् । यो विषयमा प्रारम्भिक आन्तरिक र अनौपचारिक छलफल चलिरहेको छ । जनार्दनले कुलमानलाई ‘कृतघ्न ’ मान्छे भएको र भोलीका दिनमा भ्रष्टाचार मुद्दामा पर्नेसक्ने भएकाले सचेत हुनुपर्ने बनाउन थालेका छन् ।
जनार्दनले नेकपा माओवादी केन्द्रसँग छुट्दा ‘माओवाद’लाई मुद्दा बनाए पनि बाबुराम भट्टराई र रास्वपासँग अगाडि बढ्दा फरक अबस्थामा पुग्न सक्ने देखिएको छ ।
आज मात्रै पनि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्यम भुसालसँग शर्माले संयुक्त छलफल गरेका छन् ।
विप्लव, शर्मा र भुसालको हिमचिम पनि पुरानै हो । विप्लव र शर्मा एकठाउँमा रहने अवस्थामा मात्रै ‘माओवाद’ रहन सक्छ । भुसाल मिसिएको पार्टीमा माओवाद मार्गदर्शक सिद्धान्तका रुपमा रहने सम्भावना देखिदैन ।




प्रतिक्रिया दिनुहोस्