काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक परिसूचक नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
आइतबार युनियन हाइड्रोपावरको धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड ७६ लाख ७३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार दरमखोला हाइड्रो इनजी, माबिलुङ इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३२३ कम्पनीको एक करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्