काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।
मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।
सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका दलका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय र मन्त्रालयमा तालाबन्दी गर्दै प्रदेश प्रमुखको कार्यालयमा समेत तोडफोड गरेका छन् ।
मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख भण्डारीको कार्यालय पनि तोडफोड गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्