मधेस प्रदेशकी प्रदेश प्रमुख भण्डारी पदमुक्त, कर्णलाई नियुक्तिका लागि सिफारिस


काठमाडौँ। सोमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले भण्डारीको पदमुक्तिको जानकारी दिएका छन्।

सोही निर्णयअनुसार, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सुरेन्द्रलाल कर्णलाई मधेस प्रदेशको नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको छ।

भण्डारीको पदमुक्ति उनी र प्रदेश मुख्यमन्त्री सरोज यादवबिचको नियुक्ति र शपथ विवादसँग जोडिएको छ। केही दिनअघि बिरामी भएर जनकपुरबाट काठमाडौँ गएकी भण्डारीले सोमबार बिहान सिन्धुलीको एक होटलमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा शपथ ग्रहण गराएकी थिइन्।