सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल सुरु


काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

बुधवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो । वार्तामा प्रसाईं भने सहभागी थिएनन् ।

प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागिता रहेको स्रोतले जनाएको छ ।

मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका प्रसाईले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन् ।