नेपाल वायु सेवा निगमकाे महाप्रबन्धक खुल्ला प्रतिस्प्रधाबाट नियुक्त गरिदै,दरखास्त आह्वान


काठमाडाैँ । नेपाल वायु सेवा निगमले रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

निगमले आज सूचना जारी गर्दै महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो । निगमको महाप्रबन्धक खुला खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको छ ।

प्रतिस्प्रधामा भाग लिन चाहने इच्छुक तथा योग्य नेपाली नागरिकलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, “आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजातहरू, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइट www.tourism.gov.np  मा उपलब्ध छ ।”