काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्यु दण्डको सजाय तोकिएको छ ।
गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय मोहम्मद अफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरीसमेत रहेको तीन सदस्यीय इजलासले उक्त मुद्दामा फैसला सुनाएको हो ।
हसिनासँगै पूर्वगृहमन्त्रीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । यो मुद्दामा पूर्वप्रहरी प्रमुखलाई भने ५ वर्षको जेल सजाय सुनाइएको छ ।
उनीहरूलाई प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको र उनीहरू विरुद्धको अत्याचार रोक्न असफल भएकोमा दोषी पाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्