मंगलबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४३ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ३९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले घटेर ३ हजार ९० रूपैयाँमा कारोबार भइरहेको छ ।