काठमाडौँ । लागु औषध खैरो हेरोइनसहित एक व्यक्तिलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले मिति २०८२ भदौ २८ गते ललितपुर महानगरपालिका–२४, नागदहस्थित डेराबाट पाँचथर, फालेलुङ गाउँपालिका–२ घर भएका ४१ वर्षीय जंग बहादुर राईलाई खैरो हेरोइन २८० ग्रामसहित पक्राउ गरेको हो।
राईलाई यसअघि २०८० भदौ १७ गते १४२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो । सो प्रकरणमा काठमाडौF जिल्ला अदालतले उनलाई १५ वर्ष कैद तथा ५ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।
उनी सजाय भुक्तानका लागि जगन्नाथदेवल कारागारमा रहेकै अवस्थामा ‘जेनजी आन्दोलन’का क्रममा २०८२ भदौ २४ गते फरार भएका थिए भन्ने तथ्य अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।
फेरि पक्राउ परेका राईमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्