बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ४२ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ३ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।