काठमाडौँ । गायक रवि सुनारको मनका भावना बोलको गीत सार्वजनिक भएको छ । कात्तिक २९ गते रवि सुनार युट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा रवि सुनार र पिट्टु गहतराजको आवाज रहेको छ भने भरत विश्वकर्माको लय र शब्द रहेको छ । गीतको एरेन्ज गायक सुनार आफैले गरेका हुन् भने सम्पदन निश्चल पौडेलले गरेका हुन् ।
ओ टु स्टुडियो कपुरधारमा रेकर्ड गरिएको गीतमा रवि र पिट्टुकै अभिनय देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्