काठमाडौँ । सशस्त्र प्रहरीले विपद् उद्धारमा खटिएका बेला मृत्यु भए बढुवा सहित पेन्सन पाउने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली चौथो संशोधन गर्दै विपद् उद्धारमा खटिएका बेला मृत्यु भएका सशस्त्र प्रहरीका कर्मचारीलाई एक तह बढुवा र उनका परिवारलाई पारिवारिक निवृत्तिभरण (पेन्सन) दिने निर्णय गरेको छ।
यसअघि नियमावलीले मुठभेड, आक्रमण, बिस्फोट वा हतियारधारी समूहविरुद्धको कारबाहीका क्रममा मृत्यु भएमा मात्र यस्तो सुविधा दिने व्यवस्था थियो। नयाँ संशोधनपछि प्राकृतिक विपद् तथा संकट व्यवस्थापनको क्रममा ज्यान गुमाउने प्रहरीलाई पनि उस्तै सुविधा लागू हुनेछ।
निर्णयले विपद् जोखिममा खटिने सुरक्षाकर्मीको मनोबल बढ्ने सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्