ब्राजिलमा कोप–३० मा सम्मेलन केन्द्रमा आगलागी


काठमाडाैँ । ब्राजिलको बेलेम शहरमा जारी ३० औं संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (कोप–३०) मा बिहीवार एक मण्डपमा आगलागी भएको छ ।

स्थानीय अधिकारीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन् । यो घटना ब्लू जोनमा भएको हो । जहाँ अन्तर्राष्ट्रिय स्ट्यान्डहरू र आधिकारिक वार्ताका लागि राखिएका कोठाहरू छन् । ब्राजिलका पर्यटन मन्त्री सेल्सो साबिनोलेस्थानीय समयअनुसार दिउँसो २ बजेको केही समयपछि लागेको आगो दिउँसो २ः३० बजे नियन्त्रणमा आएको थियो ।

बेलेम रहेको पारा राज्यका गभर्नर हेल्डर बार्बाल्होले आपतकालीन टोलीहरूले हाल घटनाको दुई सम्भावित कारणहरूको अनुसन्धान गरिरहेका छन् । सम्मेलनको लागि स्थापना गरिएको स्ट्यान्डहरू मध्ये एकमा जेनेरेटर विफलता वा सर्ट सर्किट भएको हुनसक्ने अनुमान छ ।