शुक्रबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ४३ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ४१ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले घटेर ३ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।