प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरूलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरूलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन् । उनले सचिवहरूलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनैपनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन्।

जेन–जी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न आग्रह गरिन् । मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरू केही छन् भने पनि तुरुन्त अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।