काठमाडाैँ । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिवार धनुषयज्ञ विधि सम्पन्न भएको छ ।
त्रेता युगमा तत्कालिन मिथिलाका राजा शिरध्वज जनकको प्रतिज्ञाअनुसार भएको धनुष यज्ञको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुष यज्ञको आयोजना गरिँदै आएको छ ।
धनुष यज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम, लक्ष्मण, भरत तथा शत्रुध्न सहित सहभागि भएर भगवान रामले भगवान शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउदा तीन टुकडा भएको थियो । त्यस पश्चात मात्रै माता सीताको विवाह भगवान रामसँग भएको वाल्मिकी रामायणमा उल्लेख छ ।
विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फुलबारी लिला सम्पन्न भइसकेको छ । चौथो दिन मंसिर ७ गते तिल्कोत्सव, मंसिर ८ गते मटकोर रहेको छ भने मंसिर ९ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सव रहेको छ । मंसिर १० गते रामकलेवा गरी सप्ताहव्यापी श्री सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्