सोमबार घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४४ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ४२ हजार ७०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ३ हजार ११५ रूपैयाँमा कारोबार भइरहेको छ ।