सोमबार ५० अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब रूपैयाँ बढि


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ८१ लाख ५१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज ५ ओटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन नेप्सेमा झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार एण्ड टुरिजम, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज माबिलुङ इनर्जीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ४.४४ प्रतिशतले घटेको छ ।

कुल ३३० कम्पनीको एक करोड ४२ लाख४ हजार ३६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।