प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन


काठमाडाैँ । आगामी फागुन २१ गते आयोजना हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन दल दर्ता गराउने आज अन्तिम दिन रहेकाे छ।

निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पहिले नै दर्ता भएका दलहरूले पनि पुनः दर्ता गराउनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार हालसम्म कुल १३४ राजनीतिक दल दर्ता छन्। तीमध्ये मंगलबारसम्म ८० दलले पुनः दर्ता प्रक्रिया पूरा गरिसकेका छन्। बाँकी दलले आजभित्र दर्ता नगराए निर्वाचनमा भाग लिन नपाउने आयोगले स्पष्ट पारेको छ।