काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६.०३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।
बिहीबार एनआरएन इन्फ्रास्टक्चर डेभलपभेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४० करोड १७ लाख बढिको कारोबार भएको छ ।
आजको दिन सागर डिस्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज हिमस्टार उर्जा कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्, कम्पनीको सेयरमूल्य ७.७८ प्रतिशतले घटेको छ ।
कुल ३३३ कम्पनकिो १ करोड ४६ लाख ९३ हजार ८ सय ७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्