काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म निर्जीवन बिमा कम्पनीहरूले १५ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेका छन् ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म कुल ९ लाख ३ हजार ९८ ओटा बिमालेख जारी गरी कुल १५ अर्ब ८४ करोड ८२ लाख ७३ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७८ करोड ३६ लाख २५ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५४ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
आइजिआई प्रुडेन्यिल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ९२ करोड ४० लाख रुपैयाँ रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छन्।
त्यसैगरि नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेपाल इन्स्योरेन्सले ८६ करोड ६२ लाखरुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले ५० करोड ९५ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले ६५ करोड ७१ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बिमा कम्पनीले ४३ करोड ७० लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्