काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरुमाथिको विभेद अन्त्य नभएको बताएका छन् ।
अपाङ्गता भएका व्यत्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरुमाथिको विभेद अन्त्य हुन नसकेको बताए । उनले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको बताए ।
तीमध्ये गम्भिर रुपमा अपाङ्गतामा भएका व्यक्तिहरु डेढ लाख जति भएको उनको भनाई छ । गम्भिर अपाङ्गता भएका व्यक्तिहरुको अवस्था नाजुक रहेको उल्लेख गर्दै उनीहरुलाई राज्यले सहयोग गर्न नसकेको बताए । देशमा संघियता आएपनि अपाङ्गता भएका व्यक्तिहरुले संघियताको महशुस गर्न नपाएको उनको भनाई छ ।
उनीहरुले प्रयोग गर्ने समाग्रीहरु अझैपनि स्थानीय तहहरुमा सहज रुपमा नपाउने गरेको मन्त्री खरेलले बताए । यस्तै उनले राज्यका संयन्त्रहरु पनि अपाङ्गतामैत्री नभएको उल्लेख गर्दै सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिए ।
उनले भने, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भईराख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भिक रुपमा निर्भयताका साथ एउटा कुरा चाँही स्वीकार गर्छु यहाँहरुको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य ग¥यौँ भनेपनि यहाँहरुमाथीको विभेद अन्त्य भएको छैन ।’
मन्त्री खरेलले वर्तमान सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र तोकिएको समयमा निर्वाचन गराउने रहेको उल्लेख गरे । सोहीअनुसार सरकारले आफ्नो काम अगाडी बढाईरहको मन्त्रि खरेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्