नेपालमा पहिलोपटक खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन आयोजना


काठमाडाैँ । नेपालमा पहिलोपटक खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुने भएको छ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कको संयुक्त आयोजनामा मंसिर २० गते (शनिबार) यो प्रतियोगिता आयोजना गरिने भएको हो।

आयोजकका अनुसार, प्रतियोगितामा नेपालभित्र र विदेशबाट सयौं स्केटर सहभागी हुने अपेक्षा गरिएको छ। नेपालमै पहिलोपटक हुन लागेको यो मिनी म्याराथुन काठमाडौँको कागेश्वरी–मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्ड पार्कसम्म करिब पाँच किलोमिटर दूरीमा सञ्चालन हुनेछ।

प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा बिहान ८ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएका छन्। द स्केटल्याण्डका सञ्चालक अब्राहम राईले प्रतियोगितामा सहभागी स्केटरहरुले उत्साहपूर्वक प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरेका छन्।