सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.१७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश लिने प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१र८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १०.१७८० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।