पुष ९ गते कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक


काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुष ९ गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक बुधबार दिउँसो १ बजे ललितपुरमा आयोजना हुनेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा पार्टीका समसामयिक राजनीतिक गतिविधि, संगठनात्मक विषय तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।