काठमाडाैँ । टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनितिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।
सडक डिभिजन काठमाडौँ माताहत रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो ।
देशभरका निर्वाचन क्षेत्र रणनितिक सडक २०७७ मा शुरुवात भएपनि यो सडक २०७९ बाट निर्माण थालिएको सडक डिभिजन काठमाडौँका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।
निर्माण आयोजनामा, मुअब्जा, विद्युतीय पोल, खानेपानीको व्यवस्थापन र ढल निकासका समस्याका कारण समय भन्दा ढिला भएको खतिवडाको भनाइ छ ।
यो सडकले भद्रकाली स्कुल, लुडे खोला, पासीकोट, पहेले गणेश मन्दिर, विष्णुमती पुल, टोखा चण्डेश्वरी हुँदै सपनतीर्थसम्म सडक स्तरोन्नती गरिएको हो ।
कुल ५ किलोमिटर लम्बाई रहेको यो सडकले टोखा नगरपालिका वडा नम्बर २ र बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयहरुलाई आवागमनमा सहज बनाउने छ ।
यो सडकको कुल लागत १२ करोड ४२ लाख ९८ हजार रहेको छ । यो सडक योजना काठमाडौं निर्वाचन क्षेत्र सडक योजनाको अन्तिम सडक रहेको खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस्