काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ७ उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा एसवाई प्यानलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रूपैयाँ बढिको कारोबार भएको हो ।
आजको दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३२ प्रतिशतले बढेको छ।
आज ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.२३ प्रतिशतले घटेको छ ।
कुल ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्