नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो ।
यससँगै अन्तरिम सरकारको मन्त्रीपरिषद् १५ सदस्यीय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्