काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिरसम्म निर्जीवन बिमा कम्पनीहरूले १९ अर्बभन्दा बढी रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेका छन् ।
सञ्चालनमा रहेका १४ वटा निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको कात्तिक महिनासम्म कुल ११ लाख ६२ हजार १९६ ओटा बिमालेख जारी गरी कुल १९ अर्ब ४८ करोड ९६ लाख ९३ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बिमाशुल्क सङ्कलन गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २१ करोड ९२ लाख ८३ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब १५ करोड ५ लाख ४८ हजार रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड ५४ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
आइजिआई प्रुडेन्यिल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छन्।
त्यसैगरि नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ३१ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
यता, सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।
प्रभु इन्स्योरेन्स कम्पनीले ७९ करोड ८५ लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बिमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ कुल बिमाशुल्क सङ्कलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्