काठमाडाैा । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदनप्रसाद परियारलाई इटलीको रोममा आयोजना हुने इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्ट (आईएफएडी) को ४९औँ गभर्निङ काउन्सिल सेसनमा सहभागी हुन स्वीकृति दिएको छ।
पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
२०८२ माघ २६ देखि २८ गतेसम्म आयोजना हुने सो सेसनमा सहभागी हुन मन्त्री परियारलाई औपचारिक रूपमा अनुमति प्रदान गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्